भरतपुरका काङ्ग्रेस वडा सभापतिहरुले भने-मेयरको टिकट काङ्ग्रेसले नपाए सबै ठाउँ स्वतन्त्र उठ्छौं

काठमाडौं ! चितवनको भरतपुर महानगरपालिकामा रहेका कांग्रेसका सबै वडा सभापतिहरूले आगामी चुनावमा मेयरको टिकट कांग्रेसले पाउनु पर्ने निर्णय गरेका छन्।
मंगलबार जिल्ला पार्टी कार्यालयमा भरतपुरका २९ मध्ये २५* वडाका कांग्रेस सभापतिको बैठक बसेको थियो। उक्त बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावमा भरतपुरको मेयर कांग्रेसले पाउनु पर्ने र नपाए विद्रोह गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी वडा नम्बर १५ का सभापतिले राजेन्द्र शाँखी भरतपुरको मेयरको टिकट अरू दललाई दिने निर्णय केन्द्रले गरेर पठाए आफूहरूले नमान्ने बताए।

‘कांग्रेसको चितवन जिल्ला कार्यसमितिले पनि भरतपुरको मेयर कांग्रेसले लिएर सत्तारूढ गठबन्धनका दलसँग तालमेल गर्ने निर्णय गरेको छ। केन्द्रले जबरजस्ती अरू दलकालाई मेयरको टिकट दिने निर्णय गरे हामी मान्दैनौं,’ शाँखीले भने,‘त्यसको विरोधमा हरेक वडामा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिन्छौं।’
वडा सभापतिहरूले गरेको निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाइसकेको उनले जानकारी दिए। चार वडाका सभापति प्राविधिक कारणले बैठकमा नआए पनि निर्णयमा उनीहरूको पनि समर्थन रहेको शाँखीले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *