केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुन्छ : काङ्ग्रेस नेता कोइराला

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुने चेतावनी दिएका छन् ।

पार्टीले गरेको निणर्य अनुसार आवश्यकता र औचित्यको आधारमा तालमेल हुने बताउँदै कोइरालाले केन्द्रबाट तालमेल लाद्न नहुने उनले बताएका हुन् । केन्द्रमा धेरैले गठबन्धन गर्ने भने पनि आफूहरूले बीचको बाटो लिने निणर्य गरेको उनको भनाइ छ ।

फरक प्रसङ्गमा पार्टीले नै तालमेल गरेर जान सक्ने निणर्य गरेको कारण गठबन्धनले संयन्त्र बनाउने निणर्य सही भएको उनको भनाइ छ । उनले भने, ‘संयन्त्र बनाउने कुरा सामान्य हो ।’ सत्तारुढ गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संयोजक पौडेलसहित १० सदस्यीय समिति गठन गरेको थियो । नेता कोइरालाले सभापतिले भागबण्डाको राजनीति गर्न नहुने र न्यायोचित ढङ्गले पार्टी चलाउनु पर्ने माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *