सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमनको लागि बनायो काङ्ग्रेस नेता पौडेललाई संयोजक

काठमाडौँ ! सत्ता गठबन्धनको मंगलबारको बैठकले स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमनका लागि समिति गठन गरेको छ । गठबन्धनले निर्वाचन परिचालन तथा अनुगमन समितिको नेतृत्वको जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेललाई दिएको छ ।

उक्त समितिमा पाँच दलका प्रतिनिध नेताहरु समेत रहनेछन् । समितिमा कांग्रेसका महामन्त्री गगन थापा, सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेताहरु वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र नेता विजय पौडेल, जनता समाजवादी पार्टीका नेता अशोक राई र नेतृ रेनु यादव तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल संलग्न छन् ।

चुनावी संयन्त्र कस्तो बनाउने भन्नेबारे निर्णय गर्नका लागि प्रदेश, नगरपालिका र वडाबाट प्रतिवेदन आउँदै गरेकाले आगामी छलफलबाट टुंगो लाग्ने जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *