चितवन काङ्ग्रेसले भरतपुर मेयरमा माओवादी केन्द्रमा समर्थन नगर्ने

चितवन । नेपाली कांग्रेस चितवनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने बताएको छ ।
आइतबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भरतपुरको मेयर पद अरु दललाई छाड्न नसकिने निर्णय गरेको पार्टी सभापति राजेश्वर खनालले जानकारी दिए ।

केन्द्रमा गठबन्धन भै सहमतिमा नै उम्मेदवार टुंगो लगाउने छलफल भैरहदा चितवन काङ्ग्रेसले गरेको यो निर्णयले माओवादी केन्द्रलाई अप्ठ्यारोमा पारेको छ। खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र रहेको चितवन जिल्लाको भरतपुर महानगरमा हाल रेणु दाहाल मेयर छिन् । अध्यक्ष प्रचण्डको चाहना काङ्ग्रेसको समर्थनमा रेणुलाई नै मेयरमा निरंतरता दिने रहेको भएतापनि चितवन काङ्ग्रेसले यसपालि कुनैपनि हालतमा मेयर नछाड्ने भन्दै लिएको अडानले प्रचण्ड समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *