काठमाडौं ! नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी निर्णय मान्दिनँ भन्नेहरुले छाडेर जाँदा हुने बताउनु भएको छ। कांग्रेसमा बसेर पार्टी कमजोर बनाउनेहरु बस्नुभन्दा बाहिरिँदा राम्रो हुने उहाँले बताउनु भयो ।
यसपटक चुनावमा कांग्रेस नेता कार्यकर्ताहरूले गर्ने कामको एक एक हिसाब राखिने पनि सिंहले बताउनु भयो।
सिंहले गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले सृजना गरेर मुलुकको आवश्यकता भयको बताउनु भयो।