प्रचण्ड-माधवसँग काङ्ग्रेसले गठबन्धन गरे काङ्ग्रेस आफैं सकिन्छ : गगन थापा

काठमाडौं ! नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनावमा प्रचण्ड-माधवसँग गठबन्धन गर्न नहुने बताउनु भएको छ । आज सोमबार काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै महामन्त्री थापाले कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने धारणा राख्नु भएको छ ।

उहाँले भन्नुभयो,  ‘कम्युनिस्टबाट लोकतन्त्र खतरामा छ भनेर हामीले पटक पटक भनेका छौँ । कम्युनिस्टहरूलाई  मिल्न नदिन गठबन्धन गरेर जाँदा लोकतन्त्रमाथि खतरा हुँदैन भनेर जाने हो ?’

अहिले लाखौं नयाँ मतदाता थपिएको भन्दै उहाँले उनीहरूलाई अरु पार्टीमा भोट हाल्न लगाओैँ भने काँग्रेस नरहने खतरा हुने बताउनु भयो । आजकै बैठकमा नेता शेखर कोइरालाले पनि गठबन्धन गर्न नहुने बताउनु भएको थियो। यता सभापति देउवा भने जसरी पनि गठबन्धनको पक्षमा हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *