गठबन्धनको निर्णय केन्द्रबाट गर्नु घातक : शेखर कोइराला

काठमाडौं ! नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनावी गठबन्धनको निर्णय केन्द्रबाट गर नहुने बताउनु भएको छ।
केन्द्रले गठबन्धन निर्णय गर्दा कार्यकर्ताले मानेनन् भने के गर्ने भन्ने प्रश्न उठ्न सक्ने उहाँले स्पष्ट पार्नुभयो।

आज केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले किन गठबन्धन गर्न लागिएको हो भन्ने प्रश्नसमेत राख्नुभएको थियो।
‘गठबन्धन केका लागि? किन गर्ने?,’ कोइरालाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भन्नुभयो, ‘गठबन्धन गर्नतिरभन्दा बरू कांग्रेस नै एक गर्न लागौं, यसमै फाइदा छ।’

उहाँले गठबन्धनबाट भन्दा पनि एक्लै चुनावमा होमिनुपर्ने आफ्नो धारणा राख्नुभएको थियो तर सभापति देउवा लगायतका नेताहरु भने गठबन्धन गर्ने कुरामा स्पष्ट हुनुहुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *