काङ्ग्रेस नेताले केन्द्रीय कमिटी बैठकमा भने : चितवनमा बाउछोरीलाई नै जिताउन सकिन्न

काठमाडौं– कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा हुने भनिएको कांग्रेस र माओवादी केन्द्रको गठबन्धनप्रति अहसमति व्यक्त गरेका छन्। केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले यसपटक भरतपुर महानगरपालिकामा कांग्रेसकै उम्मेदवार उठाउनुपर्ने बताए।

चितवनमा हामीले दुईपटक गठबन्धन गरिसक्यौँ। स्थानीय तहको निर्वाचन र संसदीय निर्वाचनमा पनि गर्‍यौं। कांग्रेस चितवनलाई धेरै मार पर्‍यो। चितवनका कांग्रेसले दश/दश वर्षसम्म आफ्नो चुनाव चिह्न रुखमा भोट हाल्न नपाउँदा कांग्रेस छिन्नभिन्न हुने भयो। त्यसैले चितवनको महानगरपालिकामा कांग्रेसलाई दिनुपर्छ भन्ने मेरो भनाइ हो। किनकि ६० हजार मत कांग्रेसको भए पनि गएको निर्वाचनमा पनि हामीले रेणु दाहाललाई भोट दिनुपर्‍यो। मतपत्र च्यातेर जिताउनुपर्‍यो। हामीले हिजो माओवादीलाई सहयोग गर्‍यौं भने अब माओवादीले हामीलाई सहयोग गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’, उनले भने।

फेरि पनि गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाललाई उम्मेदवार बनाउने हो भने उनले नजित्ने गुरुङले बताए।  ‘भरतपुर महानगरपालिकामा मेयर जित्दै गर्दा उसले २९ मध्ये दुई वटा वडा जितेको हो। त्यसैलाई मेयर दिँदा कांग्रेसले मत कहाँ हाल्ने? रेणु दाहाललाई नै टिकट दिने कुरा आयो। तर, उहाँलाई टिकट दिँदा हार्छ। त्यो भयो भने गठबन्धनको के महत्त्व भयो। हाम्रै धेरै मान्छेले भोट हाल्दैनन्’, उनले भने, ‘गठबन्धन गर्नु हुँदैन भन्न खोजेको होइन। एकै ठाउँमा नगरौँ। अरु पनि ठाउँ छ नि। बाउ छोरीलाई एकै ठाउँमा दिने, अनि कांग्रेस के हेरेर बस्ने? ताली बजाएर बस्ने? अहिले एमाले हराउने भनिएको छ। तर, (कांग्रेस-माओवादी) गठबन्धन भयो भने एमालेलाई जिताउने गठबन्धन हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *