काङ्ग्रेस विवादका बीच सभापति देउवा र नेता कोइरालाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
आज सोमबार भएको भेटमा नेता कोइरालाले नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयन गर्दा परामर्श नगरेको भन्दै असन्तुष्टि जनाउनु भएको थियो । साथै उहाँले आफूलाई समानान्तर समूह बनाएर अघि बढ्न दबाव आएको समेत उहाँले सभापति देउवालाई सुनाउनु भयो ।

जवाफमा प्रधानमन्त्री एवं सभापति देउवाले आफू सबैलाई समेटेर अघि बढ्न तयार भएको बताउनु भएको स्रोतले जनायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *