सभापति देउवा विरुद्ध काङ्ग्रेसका युवाहरुको आन्दोलन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।

नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा. शेखर कोइराला समूह निकट विद्यार्थीहरुले आज पार्टी कार्यालयमा पुगेर नाराबाजी गरेका हुन् ।

असन्तुष्ट पक्षले सभापति देउवा विरुद्ध भ्रातृसंगठनको नेतृत्व चयनमा एकलौटी गरेको,पार्टिमा एक पक्षलाई बाइपास गरेको जस्ता आरोप सहित सभापति देउवा विरुद्ध नारावाजी गरेको हो। सभापति एवं प्रधानमन्त्री समेत रहनुभएका उहाँ केही समयमा पार्टी कार्यालय पुग्दै हुनुहुन्छ। आजबाट काङ्ग्रेस केन्द्रिय सदस्यको बैठक बस्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *