बुनपा-१० वडा अध्यक्ष उम्मेदवारमा काङ्ग्रेसका तिर्थराज भट्टराई र प्रेम धमलामध्ये एकको संभावना

काठमाडौ ! स्थानिय निर्वाचनको मिति नजिकिदै जाँदा वडा,गाउँपालिका,नगरपालिका,उपमहानगरपालिका,महानगरपालिकामा चुनाव लड्नका लागि आकाङ्क्षीहरु बीच तिब्र चाहना देखिन थालेको छ। यसैगरी नेपाली काङ्ग्रेस बुढानिलकण्ठ नगरपालिका वडा न. १० मा वडा अध्यक्षका लागि त्यस क्षेत्रका पुराना काङ्ग्रेस नेताद्दय तिर्थराज भट्टराई र प्रेम धमलालाई बलिया उम्मेदवारको रुपमा हेरिएको छ।

काठमाडौं क्षेत्र न. ४ बुनपा(१०)नेपाली काङ्ग्रेसका तर्फबाट जनतामा अति लोकप्रिय एवं सादगी उहाँ हरु दुईजना मध्ये एकजनाले वडा अध्यक्षका लागि टिकट पाउने निश्चित रहेको बताइन्छ। दुईजनै आकाङ्क्षीमध्ये जसलाई पार्टिले टिकट दिएपनि सहकार्यमा पार्टिको निर्णयको स्वागत गर्ने दुबैजनाको भित्री सहमति रहेको उहाँहरुले सभ्यखबरलाई बताउनु भयो।

`हामी दुबै जना वडा अध्यक्षका आकाङ्क्षी हौं । दुबैजनाको पार्टिका लागि त्याग र बलिदान उत्तिकै छ तर पार्टिले एकजनालाई टिकट दिनुपर्दा जसलाई बिश्वास गरेपनि हामीबीच मनमुटाव हुँदैन।´-आकाङ्क्षी भट्टराई र धमलाले भन्नुभयो।

सरकारले स्थानिय निकायको निर्वाचन बैशाख ३० गते एकैपटकलाई घोषणा गरेको छ र त्यसको लागि निर्वाचन आयोगको तयारी तीब्र रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *