केन्द्रिय कमिटी बैठक अघि रामचन्द्र पौडेलको जिल्ला सभापतिहरुसँग छलफल

काठमाडौं ! नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आज पार्टिको केन्द्रिय कमिटीको बैठक बस्नु अघि जिल्ला सभापतिहरूको भेला राख्नु भएको छ। आफ्नै निवास बोहराटारमा आज बिहान पौडेलले जिल्ला सभापतिहरूलाई भेलामा बोलाउनु भएको हो।

कांग्रेसको १४ औं महाधिवेशनका बेला ६१ जिल्ला अधिवेशनसम्म पौडेल पक्ष र सभापति शेरबहादुर देउवा पक्षबीच विभिन्न जिल्लामा प्रतिस्पर्धा भएको थियो। आज दिउँसो २ बजे सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ।
पौडेलको यो भेलालाई काङ्ग्रेस भित्र महत्त्वपूर्ण तवरले हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *