पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं ! नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन्। नेपाली कांग्रेस काठमाडौं वडा नम्बर ३० ले आयोजना गरेको कार्यक्रममार्फत थापाले यस्तो घोषणा गरेका हुन्।

थापाले कार्यक्रममार्फत आफूले औपचारिक रूपमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेको बताए। थापाले आफू सर्वसम्मत उम्मेदवार बन्न प्रयास गरिरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *