प्रचण्डलाई धनराज गुरुङको गम्भीर आरोप :प्रचण्ड कचाैरा बाेकेर कहिले बालकाेट, कहिले बालुवाटार गरिरहनु भएकाे छ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भिकारीसँग तुलना गरेका छन्।

स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा काठमाडौं माइतीघरमा सोमबार आयोजित  कार्यक्रममा बोल्दै गुरुङले प्रचण्ड कहिले कचौरा लिएर बालकोट त कहिले बालुवाटार पुग्ने गरेको भन्दै कटाक्ष गरेका हुन्।
‘बृहत शान्ति सम्झौतामा एकपट्टी गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गर्नु भएको थियो भने उता अर्को तर्फ पुष्पकमल दाहालजीले हस्ताक्षर गर्नु भएको थियो,’ उनले भने,‘ गिरिजाले पार्टी हारेपनि देश हार्न हुन्न भन्नुहुन्थ्यो,। तर, तपाईं (प्रचण्ड)लाई देखेर विचरा भन्न मनलाग्यो। उहाँ देश हारेपनि हारोस् तर आफू हार्न हुन्न भनेर कहिले कचौरा लिएर बालकोट पुग्नु हुन्छ कहिले बालुवाटार !’

उनले यसरी नै हिँडे बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा कतै तालमेल नभएर माओवादी रित्तो हात फर्किन पर्ने अवस्थासमेत आउने तर्फसमेत सचेत गराएका छन्।
‘कहिले  शेरबहादुर देउवाकोमा माग्न जाँदा कहिले केपी शर्मा ओलीकोमा माग्न जाँदा कतैबाट सहयोग नमिलेर तपाईंको कचौरा कतै खालि नहोस् भनेर कामना गर्दछु,’  उनले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *