आवस्यकता अनुरुप स्थानिय तहमा चुनावी गठबन्धन : काङ्ग्रेस

काठमाडौं ! नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेपाली कांग्रेसले आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएका छन् । स्थानीय तहमा कांग्रेसले आवश्यकता महसुस गरेको अवस्थामा मात्रै चुनावमा गठबन्धन गर्न सकिने उनले बताए।

सल्यानको छत्रेश्वरीको शङ्खमूलमा निर्माण गरिएको नेपालको सबैभन्दा ठूलो शङ्खपार्कको उद्घाटन गर्न सल्यान आइपुगेका महतले कांग्रेस एक्लै चुनाव जित्न सक्ने स्थानमा गठबन्धन आवश्यक नहुने बताए। ‘चुनावमा जाने भनेको जित्नकै लागि हो, एक्लै जित्न सकिन्छ भने त्यहाँ किन गठबन्धन गर्ने रु स्थानीयस्तरमा गठबन्धन गर्न आवश्यक भएका स्थानीय तहमा मात्र गठबन्धन गर्ने हो,’ महतले भने ।

कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिमा छलफल गरेपछि सबै कुराको टुङ्गो लाग्ने उहाँको भनाइ थियो । उनले देशको समृद्धिका लागि कांग्रेस आवश्यक भएको भन्दै अब कांग्रेसले बहुमतको सरकार बनाउने गरी घरघरमा पुगेको बताए। ‘कम्युनिष्टले ५० वर्ष एकलौटी सरकार चलाउछौँ भन्थे तर तीन वर्ष पनि टिक्न सकेनन्, हावादारी कुरा गरेर सत्ता टिकाउन सकिँदैन भनेर थाहा भइहाल्यो नि, अबको जिम्मा कांग्रेसले लिन्छ,’ महतले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *