काङ्ग्रेस धनुषा अधिवेशन : सभापतिमा योजेन्द्र पजियार विजयी

काठमाडौं ! नेपाली कांग्रेस धनुषाको सभापतिमा याेगेन्द्र पजियार निर्वाचित भएका छन्। दाेस्राे चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्ताेष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा निर्वाचित भएका हुन्।
यादवलाई भने सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना लगायतको समर्थन थियाे।

सभापतिमा निर्वाचित पजियारले १ हजार ७ सय ३५ मत ल्याउँदा यादवले १ हजार ४६ मत ल्याए। सभापतिमा निर्वाचित यादव धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाकाे मेयरसमेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *