कैलाली काङ्ग्रेस अधिवेशन : सभापतिका लागि दोस्रो चरणको निर्वाचनको मतगणना सुरु

कैलाली!  नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान सकिएपछि मतगणना सुरु भएको छ।  निर्वाचन समितिका अनुसार भर्खरै मतगणना सुरु भएको हो।

पाँचवटै क्षेत्रका मत पाँच ठाउँमा गणना गर्न थालिएको निर्वाचन समितिले जनाएको छ। गणना आजै सकिने बताइएको छ। जिल्लामा कूल २ हजार ५७६ जना प्रतिनिधि रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ४६७ मतदाताले मतदान गरेका छन्। पहिलो चरणमा भएको निर्वाचनबाट कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको हो। पहिलो चरणमा आइतबार भएको निर्वाचनमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल प्रतिस्पर्धामा उत्रिएका थिए।

सोमबार सकिएको मतगणनाअनुसार बमले एक हजार १६९, भट्टले एक हजार ७२ र कलेलले १९७ मत प्राप्त गरेका थिए। दोस्रो चरणमा बम र भट्टबीच प्रतिस्पर्धा भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *