काङ्ग्रेस महाधिवेशन : सभापतिका उम्मेदवार निधिले खोले सम्पर्क कार्यालय

काठमाडौं । पटक–पटक सर्दै आएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई लक्षित गरी उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलेका छन् ।

सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका निधिले शुक्रबार (आज) दिउँसो थापागाउँस्थित नयाँ बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

निधिले आज बिहान ९ बजेको शुभसाइतमा पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वरलगायतका विभिन्न मन्दिरका पूजारी तथा पण्डित ल्याएर २१ ताराको पूजा गरेका हुन् ।

विभिन्न ज्योतिष, पञ्चाङ्ग निर्णायक समिति, बौद्ध धर्मका लामा र मुस्लिम धर्मका मौलनाहरूले पनि निधिलाई विजयको आशिर्वाद दिएका थिए । उक्त सम्पर्क कार्यालयमा निधिका समर्थक–शुभेच्छुक, नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

उक्त सम्पर्क कार्यालयका लागि निधिले बैंक्वेट नै भाडामा लिएका हुन् । सो सम्पर्क कार्यालयमा स्वास्थ्य उपचारसम्मको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *