काङ्ग्रेस कैलाली अधिवेशन : पहिलो चरणमा ५० प्रतिशत मत नकटेपछि दोस्रो मतदान हुँदै

काठमाडौं ।  काङ्ग्रेस कैलालीको सभापति चयनका लागि फेरि निर्वाचन हुने धनगढी, १६ फागुन । नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका लागि पुनः निर्वाचन हुने भएको छ । १४ औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव धकेलिएको हो ।

निर्वाचनमा जम्मा दुई हजार ४८५ मत खसेको थियो । जस अनुसार सभापतिका उम्मेदवारले सो पद्मा विजयी हाँसिल गर्नका लागि कम्तीमा पनि एक हजार २४३ मत ल्याउनु पर्ने थियो । तर, तीनै जनाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेनन् । अन्तिम मत परिणाम अनुसार सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९,नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका छन् । अब सभापतिका लागि बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *