एमसिसीले विकास र निर्माणमा नयाँ अध्याय सुरु हुनेछ : प्रवक्ता महत

काठमाडौं ! नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसिसी परियोजनाले नेपालमा विकास र निर्माणको नयाँ अध्याय सुरु हुने बताएका छन्। पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग बोल्दै महतले अब आयोजनाको सफलतामा ध्यान केन्द्रीत गर्नुपर्ने बताए।

पार्टीको तर्फबाट सरकार ,गठबन्धन र प्रतिपक्षलाई धन्यवाद दिँदै उनले भने, ‘कांग्रेसको नेतृत्व र निर्णयलाई नेपाली जनताले प्रशंसाा गरिरहेका छन्। भ्रमको समाप्ति भएको छ। अब हाम्रो ध्यान आयोजनाको सफलतामा केन्द्रीत हुनुपर्छ। विकास र निर्माणमा नयाँ अध्याय सुरु हुनेछ।’

अन्य मुद्दाका कारण एमाले यस प्रक्रियामा सहभागी हुन नसके पनि यसमा एमालेको पनि सहयोग रहेको उनले उल्लेख गरे। सम्झौताबारे व्याख्यात्मक टिप्पणी अमेरिकाको प्रस्तावमा नआएको भन्दै उनले संसदमा पास भएअनुसारको बुझाई अमेरिकाको पनि भइसकेको दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *