‘सत्ता साझेदार भएर गठबन्धनमा बस्ने अनि सरकारकाे प्रस्तावमा असहमति राख्न सुहाउँदैन’-महामन्त्री शर्मा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलको रूपमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई दाेहाेराे चरित्र नदेखाउन आग्रह गर्नुभएको छ ।

विभिन्न दलहरूको गठबन्धन तत्कालीन राजनीतिकाे निकास र संविधानको रक्षाकाे निम्ति बनेको भए पनि सरकारकाे आवश्यकतासँगै समृद्धि विकाशको मुद्दामा पनि एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।

आज बिहीवार बेलुकीकाे कुराकानीमा महामन्त्री शर्माले सत्ता साझेदार भएर गठबन्धनमा बस्ने तर सरकारको प्रस्तावमा विमति राख्ने विषय नसुहाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *