चाक्सिबारीमा काङ्ग्रेस संस्थापनइतर समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीस्थित संस्थापनइतर समूह र पार्टीको निर्वाचन समितिबीच छलफल हुँदैछ । भदौ १८ बाट हुने भनिएको वडा अधिवेशनको विषयमा निर्वाचन समितिले गरेको तयारी बारे पौडेल समूहले ब्रिफिङ गर्न लागेको हो ।

बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, अर्जुननरसिंह केसीलगायतका नेताहरुको सहभागिता रहनेछन् भने निर्वाचन समितिमा पौडेल समूहबाट नेतृत्व गर्ने सदस्यहरुको उपस्थिति रहने स्रोतले जनाएको छ ।

पौडेलले क्रियाशील विवाद समितिले बुझाएको प्रतिवेदनको विषयमा नेताहरुलाई जानकारी गराउने छन् । यस्तै क्रियाशील सदस्यताका विषयमा धर्नामा रहेका जिल्ला सभापतिहरुको आन्दोलनका विषयमा पनि छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *