काङ्ग्रेस प्रवक्तामा प्रकाशशरण महत

काठमाडौं ! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिएका छन्।

महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए।

त्यसपछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ।

सभापति देउवाले आज महतलाई पार्टी प्रवक्ता नियुक्त गरेको कांग्रेस पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *