काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ।

बैठक बिहान ८:३० बजे पार्टी कार्यालय सानेपामा बस्ने तय भएको हो । काँग्रेस पुराना नेता एवं पूर्वसांसद ढुंण्डीराज शास्त्रीप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्न र सम्मान साथ अन्तिम बिदाइ गर्नका लागि आकस्मिक बैठक बस्न लागेको बताइएको छ। शास्त्रीको ९३ वर्षको उमेरमा सोमबार निधन भएको थियो।