काङ्ग्रेस नेता प्रकाशमानको अडान : म सभापतिको उम्मेदवारबाट व्याक हुन्न

काठमाडौं ! नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् । शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितीले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफु सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताए  । आमजनताको दुःखमा मलमपट्टी लगाउनको लागि भए पनि आफू काँग्रेस सभापति बन्नुपर्ने सिंहको भनाइ छ । ‘आम जनताको दुःखमा मलमपट्टि लगाउनको लागि भए पनि म काँग्रेसको सभापति बन्नु पर्छ’ नेता सिंहले भने, ‘सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ । म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट हुँदिन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *