अतिरिक्त शुल्क लिने कलेजहरुलाई कारबाही गर्न गृह मन्त्रालयले दियो निर्देशन

काठमाडौं ! गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन पत्राचार गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउने कलेजहरूलाई कारबाही गर्न निर्देशन दिएको हो ।

मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा अतिरिक्त शुल्क बुझाउन विद्यार्थीहरूलाई दबाब दिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *