एसईईमा ४ जिपिए ल्याई नेपाल टप गरेका जेशन गौतमले रोजे जेभियर इन्टरनेशनल कलेज

काठमाडौं ! यो वर्षको एसईई परिक्षाको नतिजा सार्वजनिक भैसकेको छ । एसईई परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने देखि मध्यम नतिजा ल्याउनेहरुले आफुले पढ्ने कलेजको खोजी गर्न थालेका छन् । यसैगरी यो बर्षको एसईईमा  ४ जिपिए ल्याउने सर्वोत्कृष्ट  विद्यार्थी जेनश गौतमले जेभिएर इन्टरनेशनल कलेज रोजेका छन् ।

कम्प्युटर साईन्स पढ्ने योजना बनाएका जेशन गौतमले जेभियर कलेज रोजेका हुन् । अघिल्लो वर्ष समेत नेपाल टप गरेर जिपिए ४ ल्याएका ३ जना विद्यार्थीले जिभियर इन्टरनेशनल कलेज रोजेका थिए ।

राम्रो पढाई हुने र विद्यार्थीलाई राम्रो शैक्षिक वातावरण दिने भएकाले आफुले जेभियर इन्टरनेशनल कलेज रोजेको जेशन गौतमले बताए । जेभियर इन्टरनेशनल कलेजमा कक्षा ११ मा विज्ञान,म्यानेजमेन्ट र कानुन संकायमा पढाइ हुने गरेको छ । यो कलेज नेपालकै उत्कृष्ट कलेज मानिन्छ। जेभियर कलेजमा देशका कुनाकुनाबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुले पढ्ने गर्दछन। एसईई पास गरेका अधिकांश विद्यार्थीहरुको चाहना जेभियर कलेजमा पढ्ने रहेको एक सर्वेक्षणले देखाएको छ। उत्कृष्ट एवं प्रविधिमैत्री अध्यापनका साथै स्मार्ट क्लास, स्मार्ट प्रविधि र स्मार्ट शिक्षक अनि अन्तर्राष्ट्रिय पुरस्कारहरुबाट समेत सम्मानित यो कलेज कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि आकर्षणको केन्द्र बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *