रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएको छ । मंगलबार न्यायाधीश अनिल सिन्हाको इजलासमा परेको रिट हेर्न नमिल्ने भएपछि आज फुयाँलको इजलासमा तोकिएको हो ।

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज सफल भन्ने युवराज पौडेलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *