प्रधानन्यायधीशको मर्यादाक्रम घटाएपछि न्यायलय तरंगित

काठमाडौं । प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरू गम्भीर बनेका छन् । संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष भन्दा तल राख्न तयारी गरिएपछि न्यायधीशहरु गम्भीर बनेका हुन् ।

मर्यादाक्रम घटाउने गरी आएको सो विद्येयकको बिषयलाई लिएर प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित सर्वोच्चका न्यायाधीहरुबीचमा छलफल भएको छ भने नेपाल बार यशोसियसनले पनि असहमति जनाएको छ ।

गत चैत ५ गते राष्ट्रिय सभामा दर्ता भएको ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ले यसअघि चौथो नम्बरमा रहँदै आएको प्रधानन्यायाधीशको मर्यादाक्रम घटाएर पाँचौ नम्बरमा झार्न प्रस्ताव गरेपछि यतिखेर न्यायपालिका र नेपाल बार यशोसियन तरंगित हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *