यी हुन् बालुवाटार काण्डमा मुछिएका २६८ जना प्रतिवादी

काठमाडौं :  बालुवाटारको सरकारी जग्गा हडप्ने कार्यमा संगठित रूपमा किर्ते गरेर राज्‍यलाई ठगी तथा हानि नोक्सानी पुर्‍याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। जसमध्ये पूर्वमन्त्री, कर्मचारी, व्यापारी, बिचौलिया आदि विभिन्न व्‍यक्तिहरूको नाम मुछिएको छ।

बालुवाटारस्थित ललितानिवास क्याम्पभित्रको सरकारी जग्गा बिक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसअघि नै भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो।

सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उप-प्रधानमन्त्री गच्छदारसहित ३ मन्त्री, अख्तियारसहितका ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारी र अन्यसमेतलाई आरोपपत्र दायर गरिएको थियो।

यो प्रकरणमा तीनजना पूर्वमन्त्रीहरु गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी मुछिएका छन्।

सबै प्रतिवादीहरूको नाम सूचीसहित :

Leave a Reply

Your email address will not be published. Required fields are marked *