सीआईबीले थाल्यो नर्सिङ परीक्षाको प्रश्नपत्र ‘लिक’ गर्ने गिरोहमाथि अनुसन्धान

काठमाडौं ! प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षाको प्रश्नपत्र ‘लिक’ गर्ने गिरोहमाथि अनुसन्धान थालेको छ। नर्सिङ परिषद्को उजुरीको आधारमा व्यूरोले अनुसन्धान थालेको हो।

यही असार २३ गते शनिबार बिहान ९ बजे भएको परीक्षाको प्रश्नपत्र लिक गरिएको घटनाबारे थप अनुसन्धानका लागि सीआईबीमा उजुरी दिइएको परिषद् अध्यक्ष प्राध्यापक सरला केसीले बताइन्।

उनकाअनुसार सीआइबीको अनुसन्धान पश्चात आउने नतिजाको आधारमा परिषद्ले निर्णय लिनेछ। प्रश्नपत्र लिक भएपछि परिषद्ले ३३औँ नाम दर्ता परीक्षाको नतिजा स्थगित गरेको छ। परिषद्ले ६००० जना नर्सका लागि ३३औँ दर्ता परीक्षा लिएको थियो।

प्रश्नपत्र लिक गराएको आरोपमा आइतबार नै पक्राउ परेका परीक्षार्थीहरु र अन्य तीन जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ। हिरासतमा राखिएका परीक्षार्थीमा कास्कीकी २० वर्षीया समीक्षा थापा र भावना गुरुङ तथा धादिङकी २३ वर्षीया सविना आले छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *