ललिता निवास प्रकरणमा थप दुई पूर्वकर्मचारी पक्राउ

काठमाडौं ! ललिता निवास जग्गा प्रकरणमा प्रहरीले मंगलवार थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिए । ​

उनीहरूमाथि मन्त्रिपरिषद्‌को निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको आरोप छ । त्यो फाइल तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजा समक्ष पेश भएको पाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *