राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल

काठमाडौँ- राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त हुनु भएको छ। बैंकले आज एक सूचना प्रकाशन गर्दै खनाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाएको हो ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

खनाल चार्टर्ड एकाउन्टेन्टसमेत हुनुहुन्छ। सीईओका लागि १९ जनाले आवेदन दिएका थिए । १९ जनाबाट ५ जना अन्तर्वार्ताका लागि छानिएका थिए ।

अन्तर्वार्तामा छनौट भएका ५ जनामा खनालसहित, कृष्ण बहादुर अधिकारी, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए । यसअघि किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएपछि राष्ट्रिय बाणिज्य बैंकले नयाँ सिईओको नियुक्ति प्रकृया अघि बढाएको थियो ।।