उपत्यकाका सीडीओको बैठक बस्दै, नयाँ आदेश जारी गरिने

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का सीडीओहरूको आज संयुक्त बैठक बस्दै छ ।
कोरोना महामारी रोकथाम गर्न भन्दै सवारीसाधनमा जारी जोरबिजोर प्रणाली र संक्रमणको समीक्षा गरी नयाँ आदेश जारी गरिने तयारी छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बैठक बसेर आजै नयाँ आदेश जारी गरिने जानकारी दिए । ‘‘बैठक दिउँसो ३–४ बजे बस्छौँ । अहिले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग छलफल भइरहेको छ,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *