मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज साँझ ५ बजे बस्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ।

आजको बैठकमा नियमित एजेन्डा सहित प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणको बारेमा निर्णय हुने जनाइएको छ। अमेरिका भ्रमणको मिति नजिकिएसंगै सोमबार बस्ने बैठक आइतबार नै बस्न लागेको हो।