यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषदको निर्णयहरु

काठमाडौं ! सरकारले मन्त्रिपरिषदको निर्णयहरु सार्वजनिक गरेको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दुईजना मन्त्रीहरुको विदेश भ्रमण स्वीकृत गरेको छ । यसैगरी सोही बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष शिवराज अधिकारीलाई विदेश भ्रमण जान अनुमति दिने निर्णय गरेको छ ।

उनी भदौ ११गतेदेखि १३ गतेसम्म उज्वेकिस्तानमा हुने मल्टी डाइमेन्सनल प्रोभर्टी पिर नेटवर्कको बैठकमा सहभागी हुन जाँदैछन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी आगामी कात्तिक २२ गतेदेखि २४ गतेसम्म कोलम्बियाको बोगोटामा हुने बालबालिकाविरुद्धको हिंसा अन्त्यबारेको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन जाँदैछन् । उनको भ्रमण पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

त्यसैगरी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी आगामी भदौ  २७ र २८ गते ब्राजिलमा आयोजना हुने ‘वान प्लानेट नेटवर्क फोरम–२०२४’ मा  भाग लिन जाँदैछन् ।  सो भ्रमणलाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

हेर्नुहोस् मन्त्रिपरिषदका निर्णयहरू :