मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको र आज केही सहसचिवहरुको सरुवा हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।