मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सांझ ५ बजेका लागि बोलाइएको हो ।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा केही नियुक्ति तथा बढुवाको सम्भावना रहेको बताइएको छ ।