मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज साँझ ६ बजे बैठक बोलाइएको हो ।

सरकारले विश्वासको मत लिइसकेपछिको आजको पहिलो बैठकमा समसामयिक बिषय र एजेन्डाहरुमा छलफल हुने जनाइएको छ । आइतबारमात्र प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ सांसदको विश्वास पाइसक्नु भएको छ।