रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्षमा चौधरी नियुक्त

काठमाडौं ! रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा प्राडा पशुपति चौधरी नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले प्राडा चौधरीलाई समितिको अध्यक्ष नियुक्ती गर्ने निर्णय गरेको हो ।

यस्तै समितिको सदस्या पदमा सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त निर्णय मन्त्रिपरिषदले गरेको सरकारकी प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले बताईन् ।

यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा। ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

त्यसैगरी सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने निर्णय मन्त्रीपरिषदले गरेको छ ।