मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं ! बुधबार मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक दिउँसो ३ बजेको लागि बोलाईएको छ ।

मन्त्रिपरिषदको नियमित बैठक बिहिबार बस्ने भएपनि बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा भ्रमणमा जाने भएकोले आज नियमित बैठक बस्न लागेको बताइएको छ । बैठकमा प्रधानमन्त्रीको युगान्डा भ्रमण र अन्य नियमित विषयमा छलफल हुने छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी माघ ४ गते युगान्डाको राजधानी कम्पालातर्फ प्रस्थान गर्ने भएका छन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल तथा नेपाल सरकारका वरिष्ठ अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।