यस्ता छन् आज बसेको मन्त्रिपरिषद्को  बैठकको निर्णयहरु

काठमाडौ ! आज बसेको मन्त्रिपरिषद्को  बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ।  सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ५ निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

यस्ता छन् बैठकका निर्णय 

१. प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने ४.४६५ मिलियन स्वीस फ्रैंक (करिब ६५ करोड रूपैयाँ) अनुदान स्वीकृत गर्ने।

२. विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने।

३. सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा प्राविधिकसहितको चार जना जनशक्ति थप गर्ने।

४. उर्जासचिव दिनेशकुमार घिमिरेले पनि पदावधि सकिनुभन्दा एक महिनाअगाडि नै दिएको राजीनामा स्वीकृत गर्ने ।

५. जन्ममिति कीर्ते प्रकरणमा मुछिएपछि राजीनामा बुझाएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गर्ने।