मिटर ब्याज पीडित समस्या समाधान आयोगको अवधि थप्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं ! मन्त्रिपरिषदको बैठकले अनुचित लेनदेन (मिटर ब्याज पीडित) समस्या समाधान आयोगको अवधि अर्को तीन महिना थप गरेको छ। सरकारले तीन महिनाको समयावधिसहित गठन गरेको आयोगले अझै काम सम्पन्न गर्न समय लाग्ने भएपछि अर्को तीन महिना म्याद थपिएको हो।

गत चैत महिनाको  २० गते सर्बोच्च अदालतका पुर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको आयोगमा पूर्व एआइजी उत्तमराज सुबेदी र पूर्व सहमहान्यायधिवक्ता गणेशराज अर्याल सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *