यस्ता छन् मन्त्रिपरिषद बैठकका पछिल्ला निर्णयहरु

काठमाडौं ! सरकारले मन्त्रिपरिषद बैठकका पछिल्ला निर्णयहरु सार्वजनिक गरेको छ। उक्त निर्णयहरु सरकारकी प्रवक्ता एवं सुचना तथा संचारमन्त्री रेखा शर्माले सार्वजनिक गरेकी छिन् ।
यस्ता छन् २०८० आसार ५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु :

१. धुर्मुस सुन्तली फाउण्डेसनले “गिरानचौर एकीकृत नमूना बस्ती पुननिर्माण तथा पर्यटन प्रवर्द्धन परियोजना” को स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा असुल गर्नुपर्ने अग्रिम कर छुट दिने ।

२. नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी रू. ५ अर्ब ३१ | करोड ३७ लाख ५० हजार कायम गर्न स्वीकृति प्रदान गर्ने ।

३. विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ६० को उपदफा (५) बमोजिम सोही ऐनको परिच्छेद – ९ मा उल्लेख भए बमोजिमका कसूरको शुरु कारबाही र किनारा गर्ने अधिकार तथा बैङ्किङ कसूर तथा सजाय ऐन, २०६४ को दफा १७ को उपदफा (१) बमोजिम सोही ऐनको दफा ३ को खण्ड (ग) बमोजिमको कसूरको शुरु कारबाही र किनारा गर्ने अधिकार सबै जिल्ला अदालतलाई तोक्ने ।

४.नेपाल-चीन सीमानाको तातोपानी/झाङमु स्थित सीमा चिन्ह (स्तम्भ) ५३(१) लाई यथास्थानमा संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने ।

५.महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (CEDAW), १९७९ को सातौं आवधिक प्रतिवेदन CEDAW समितिमा पठाउन स्वीकृति दिने ।

६. माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री पूर्णबहादुर खड्कालाई ओमानमा हुने 8th NRNA Middle East Regional Conference (MRC) मा प्रमुख अतिथिको रुपमा सहभागिता जनाउन स्वीकृति दिने ।

७. नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना ( Implementation Protocol) स्वीकृत गर्ने ।

८. चीनको सिचुवान प्रान्त, छेन्दुङमा २०८० साल असार १२ गतेदेखि १४ गते सम्म Sichuan Council को आयोजनामा हुन 12th China (Sichuan)-South Asia and Southeast Asia Business Leaders’ Summit कार्यक्रममा सहभागी हुन म्याग्दी जिल्लाका जिल्ला समन्वय समिति प्रमुख श्री राजकुमार थापाको भ्रमण स्वीकृत गर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *