यस्ता छन् आजका मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं ! मंगलबार बसेको मन्त्रिपरिषद बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब हरेक वर्षको असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको जानकारी दिइन् ।

आजकै मन्त्रिपरिषद बैठकले जापान सरकारबाट प्राप्त हुने मानव संसाधन विकास छात्रवृत्तिको ४१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

विद्यालय क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता र विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० पनि आजको मन्त्रिपरिषदे स्वीकृत गरेको छ ।

भन्सार महसुलसम्बन्धी नयाँ विधेयकका लागि पनि मन्त्रिपरिषदे सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । यो सँगै भन्सार महसुल सम्बन्धी नयाँ विधेयक तर्जुमा गर्ने बाटो खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *