राष्ट्रिय परिचयपत्रसम्बन्धी रवि लामिछानेको विवादित निर्णय खारेज

काठमाडौं ! पूर्व गृहमन्त्री रवि लामिछानेले गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी निर्णय खारेज भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लामिछानले गरेको उक्त निर्णय खारेज गरेका हुन् । स्रोतका अनुसार ठेक्का पाउने कम्पनीको इजाजत पनि खारेज गर्ने निर्णय पनि भएको छ ।

लामिछानेले आफू गृहमन्त्री हुँदा ऐनसँग बाझिने गरी कार्यविधि स्वीकृत गरेको र त्यसले नागरिकका संवेदनशील डाटा निजी कम्पनीसम्म पुग्ने भन्दै आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *