देशभरका जग्गाको कित्ताकाट खोल्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं ! सरकारले देशका सबै ठाउँमा जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले देशैभर जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको हो।

भूउपयोग नियमावली जारी भएपछि वर्गीकरण गरेर मात्रै जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिएको थियो । तर, अहिलेसम्म ६ सय बढी स्थानीय तहले जग्गाको वर्गीकरण गर्न नसकेपछि कित्ताकाट रोकिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै कित्ताकाट रोकिँदा घरजग्गामा भएको लगानी फ्रिज हुँदा अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै पूरानै अवस्थाबाट कित्ताकाट खोल्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *