यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

काठमाडौं ! मंगलबार बसेको मन्त्रिपरिषद्का बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ। एक मन्त्रीका अनुसार उक्त निर्णयहरु यस्ता छन् –

–आयातित र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम् सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने ।

–काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने ।

–प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्यलाई नियुक्त गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *