मन्त्रिपरिषद् बैठक जारी

काठमाडौ ।  सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएकाे हो ।  आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी महानिरिक्षक (आईजीपी) नियुक्त  गर्नेछ ।

आईजीपीका लागि ५ जना एआइजीहरु प्रतिस्पर्धामा छन् । ती पाँच जनामध्ये वसन्त कुँवर र श्यामलाल ज्ञवालीमध्ये एकजना भावी आईजीपी हुने सम्भावना छ । आईजीपी हुने प्रतिस्पर्धामा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *