मन्त्रिपरिषद बैठक बस्दै : प्रहरीको नयाँ आइजिपीबारे निर्णय हुनसक्ने

काठमाडौं ! आज राती १२ बजेबाट हालका प्रहरी महानिरीक्षक(आइजीपी) धीरतप्रताप सिंहले अनिवार्य अवकास लिने भएकाले नेपाल सरकार, मन्त्रिपरिषदले आज नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गर्नेछ ।

त्यसका लागि तीन दिन अघि चैत ८ मा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) को फूली लगाएका पाँच मध्ये एक जनाले अतिरीक्त भएको तीन दिनमै महानिरीक्षकको फूली लगाउने छन् । अहिले महानिरीक्षकको दौडमा रहेका एआइजीहरुमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । उनीहरु यही चैत ६ गते सोमबार डिआइजीबाट एआइजीमा पदोन्नति भएका थिए । अङ्क तालिकामा १ नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवर नै आइजीपी हुने धेरैले लख काटेका छन् । विगत केही वर्ष अघिसम्मको अभ्यास त्यही थियो ।

अब त्यो अभ्यासले काम गर्ने छैन । किनकी नेपाल सरकारले चाहेको व्यक्ति आइजीपी हुने बाटो यसअघि एआइजी विश्वराज पोखरेलको रिटमाथि सुनु्वाइ गर्दै सर्वोच्चले नजीर स्थापित गरिदिएको छ । तर पनि कुँवरको हकमा निर्णय हुँदा निर्विवाद हुनेछ, सरकारको आलोचना हुने छैन । त्यसपछिका अन्य व्यक्ति छनोट गर्दा सरकारमाथि अझ भनौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कला आलोचना स्पष्ट छ ।

त्यसैले यसपटक प्रहरीलाई चलाउन नहुने सुझाव प्रधानमन्त्रीका सल्लाहकारहरुले दिइसकेको छन् । प्रधानमन्त्री प्रचण्डको मुड पनि त्यही देखिएको बुझिन्छ । तर भन्न सकिने अबस्था भने देखिँदैन, उनले अन्तिममा जोखिम मोलेरै पनि जो कोहीलाई छान्न सक्छन् । मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने भएकाले अझै पाँच अनुहार मध्ये कसले आइजीपीको फूली हत्याउला भन्न गाह्रो छ ।कुँवर, राई र थापा मुख्य प्रतिष्पर्धी भने पक्कै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *